नेपाली सेनाले लेबनानमा कृषि पोखरी र उद्यान बनायो

नेपाली सेनाले लेबनानमा कृषि पोखरी र उद्यान बनायो

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको वर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ ।

पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरेका हुन् ।

गणले ३१ ह्जार २ सय अमेरिकी डलर लागतमा बनाएको पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएको छ । महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताउनुभएको छ ।नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाटै शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको हो ।

टिप्पणीहरू