ओमिक्रोन चानचुने भाइरस होइन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्य आँकलन नगर्न आग्रह गरेको छ । (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित एक कार्यक्रमा ओमिक्रोनलाई सामान्य भेरियन्टको रुपमा आँकलन नगर्न भनेका हुन् ।
उनले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको पनि बताएका छन् । ‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ टेड्रोसले भने ।
कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।
पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।
टिप्पणीहरू