गाउँ गाउँमा सहकारीको सधारणसभा

गाउँ गाउँमा सहकारीको सधारणसभा

नर्कटे कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभा पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा हिजो सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति र आगामी वर्षको प्रस्तावित कार्यक्रमहरु पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

सहकारीका अध्यक्ष गोपाल घिमिरेले संस्थाको सांगठनिक तथा प्रगति प्रतिवेदन र व्यवस्थापक गोपाल भट्टराईले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन साधारण सभाले स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले १५ लाख १४ हजार १ सय ७ रुपैयाँको कारोबार गरेको र १० लाख ६१ हजार ७ सय ६४ रुपैयाँ संस्थाको पूँजी तथा दायित्व रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

गोपाल घिमिरेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिको सर्वसम्मत चयन गरिएको छ । समितिका उपाध्यक्षमा ख्याम गौतम, सचिवमा तेन्जिङ मोक्तान लामा, कोषाध्यक्षमा भूमिका अधिकारी दुलाल र सदस्यहरुमा रामकुमार श्रेष्ठ, इन्द्र कुमारी बाँस्तोला, यामकुमार चोम्जोङ, लोकेश गौतम र सरिता श्रेष्ठ चयन भएका छन् ।

टिप्पणीहरू