रोकिएको खोप अभियान पुनः सञ्चालन
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट खोप लगाउन थालिएको छ । केही कर्मचारीमा कोरोना संक्रमण भएपछि एक साताको निम्ति स्थगित खोप कार्यक्रम आजबाट पुनः सञ्चालन गरिएको हो ।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीका जनशक्ति व्यवस्थापन गरेर खोप कार्यक्रम सुचारु गरिएको अस्पतालले जनाएको छ ।
गत आइतबार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एक साताको लागि खोप कार्यक्रम स्थगित गरिएको थियो ।
टिप्पणीहरू