मतदान बिथोल्न गएका सिके राउतका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

मतदान बिथोल्न गएका सिके राउतका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

जनकपुरधाममा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । अहिले जारी राष्ट्रियसभाको निर्वाचनको मतदानस्थलमा प्रवेश गर्न खोजेका जनमतका कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

जनमतका कार्यकर्ताले उग्रता देखाउन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म १८ राउन्ड अश्रुग्यास प्रहार गरेको गरिसकेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै शहरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज मुलुकभर मतदान भइरहेको छ । मधेशबाट निर्वाचित हुने सदस्यका लागि जनकपुरधामको महेन्द्रनारायण निधि भवनमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

टिप्पणीहरू