बालाजुमा पार्किङमा राखेको गाडी आफैँ गुड्यो, च्यापिएर ड्राइभरको मृत्यु

बालाजुमा पार्किङमा राखेको गाडी आफैँ गुड्यो, च्यापिएर ड्राइभरको मृत्यु

बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर राखेको ग्याँस बुलेट अचानक गुड्दा चालकको ज्यान गएको छ । आज बिहान पौने चार बजे औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा बुलेट एकाएक गुडेर अर्को ग्यास बुलेटमा ठोकिंदा चालकको च्यापिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको कलकत्ता घर भएका ४५ वर्षीय दिलिप राजवंशी रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । बुलेटले च्याप्दा गम्भीर घाइते भएका राजवंशीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार औद्योगिक क्षेत्रमा दुई वटा ग्यास बुलेट पार्किङमा थिए । भारतीय नम्बर एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ बुलेटको बीचमा राजबंशी च्यापिएका थिए । अर्को बुलेट चालक एमडी मुखीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

टिप्पणीहरू