समयमै चुनाव गराउन युथ कंग्रेसको माग
युथ कंग्रेसले निर्वाचन धकेल्ने कुरा मान्य नहुने बताएको छ । वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचन ६ महिना पछाडि धकेल्दा स्थानीय तह कामचलाउ हुन गई संवैधानिक संकट निम्तिने भन्दै युथ कांग्रेसले समयमै चुनाव गराउन भनेको हो ।
‘वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई कानुन संशोधन गरेर ६ महिना पछाडि धकेल्दा स्थानीय तह कामचलाउ हुन गई ठूलो संवैधानिक र कानुनी संकट निम्तिनेछ । तब हाम्रो मौलिक हक कार्यान्वयन गर्नसमेत अड्चन आउनेछ,’ उसले भनेको छ ।
संविधानको एउटा धारामात्रै हेरेर आफ्नो अनुकुल व्याख्या गरिनु लोकतान्त्रिक व्यवस्थामाथिको ठाडो प्रतिगमन हुने युथ कंग्रेसको भनाइ छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा १ बाधक भएको निष्कर्ष निकालेर संविधानको एउटा धारालाई हेरेर मात्रै आफ्नो नियत अनुकूल निर्णय गर्न खोज्नु संविधान र लोकतन्त्रिक व्यवस्थामाथिको ठाडो प्रतिगमन हो’, उसले भनेको छ ।
समयमै स्थानीय तहको निर्वाचन गरेर संविधान र लोकतन्त्रको गरिमा कायम गर्न पनि युथ कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
टिप्पणीहरू