उखुबारीमा दुई खाल्डा, खाल्डाभित्र दुई शव

उखुबारीमा दुई खाल्डा, खाल्डाभित्र दुई शव

मोरङको धनपालनाथ गाउँपालिका-७ उँखुबारीमा दुई वटा लास भेटिएको छ । छुट्टाछुटै दुई वटा खाल्टो खनेर गाढिएको अवस्थामा लास फेला परेको प्रहरीले जनाएको छ ।

२० मिटरको दूरीमा खनिएका खाल्टाभित्र हिजो एक र आज अर्को गरि प्रहरीले दुवै शव निकालेको छ । हिजो दिउँसो स्थानीयले उँखुबारीभित्र दुई शंकास्पद खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरीले उत्खनन गर्दा राती साढे ८ बजेको समयमा जमिनबाट पाँच फिट मुनी शव फेला परेको हो ।

हिजो फेला परेको शव अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहको पुरुषको हुनसक्ने रंगेलीका इन्सपेक्टर अनमोल खड्काले जानकारी दिए । उनका अनुसार आज फेरी अर्को शव फेला परेको हो ।

शव गलिसकेकाले अहिले नै केही भन्न मिल्ने अवस्था नरहेको खड्काले बताए । आज निकालिएको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारीमा भैरहेको उनले जानकारी दिए ।

टिप्पणीहरू