कोरोना लागेपछि माओवादी नेता आराम गर्दै

कोरोना लागेपछि माओवादी नेता आराम गर्दै

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेललाई दोस्रो पटक कोरोना भएको छ । आज बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त रहनुभएको थियो । कोरोना लागेपछि उहाँ महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहनु भएको छ ।

टिप्पणीहरू