आजसम्म तीन करोड डोज खोप लगाइयो
आजसम्म मुलुकभर कोरोना भाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको हो ।
जसमा एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७ सय २४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा चार करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५ सय ८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५ सय ६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ।
टिप्पणीहरू