चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमाथि काँडाघारीमा आक्रमण

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमाथि काँडाघारीमा आक्रमण

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीमाथि भौतिक आक्रमणको प्रयास भएको छ । आफ्नो निवासबाट कार्यालयतर्फ जाँदै गरेका गिरीलाई आज बिहान ११ बजे एअरपोर्ट नजिकै काँडाघारीमा अज्ञात समूहले आक्रमण गरेको हो ।

आक्रमणकारीले गिरी चढेको सरकारी गाडीमा ढुंगा प्रहार गर्दा गाडीमा क्षेती पुगेको आयोगले जनाएको छ । घटनापछि विज्ञप्ति सार्वजनिक गर्दै आयोगले सरकारी कर्मचारी र गाडीमाथि आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ काम गरिरहेको अवस्थामा जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय दायित्व निर्वाहमा अहोरात्र खटिरहेको र खटिरहनुपर्ने व्यक्तिमाथि भएको अमानवीय र अनैतिक कार्यमा संलग्न व्यक्ति/समूहको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

टिप्पणीहरू