बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा आचार्यलाई आज राष्ट्रपतिले नियुक्त गर्नुभएको हो।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनलाई संयुक्त अधिराज्यका लागि राजदूतमा नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा सिफारिस गरेको थियो । आचार्यको संसदीय सुनुवाई र एग्रिमोसमेत आइसकेको छ।

टिप्पणीहरू