कोरोनाले मालपोत बन्द

कोरोनाले मालपोत बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय पाँचथरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयल आज सूचना जारी गर्दै आइतबारदेखि कार्यालय बन्द रहने जनाएको हो ।

मालपोत कार्यालयले आफ्ना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र सेवाग्रहीहरुमा फैलन सक्ने खतरा रहेको भन्दै अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको बताएको छ । जिल्ला मालपोत कार्यालयले माघ २१ गतेसम्म बन्द रहने छ ।

टिप्पणीहरू