भारतीय राजधानी दिल्ली कति पुरानो ?
छिमेकी मित्रराष्ट्र भारतको राजधानीमा दुई वटा स्थान छ । एउटा नयाँ र अर्को पुरानो । नयाँ दिल्ली भनिएकै ठाउँका पनि कतिपय स्थानको नामलाई लिएर निकै पुरानो शहर मान्ने गरिएको छ ।
कतिपयले दिल्ली महाभारत जत्तिकै पुरानो रहेको बताउँछन् । उनीहरुले त्यतिबेला पाण्डवहरू बस्ने नगरलाई इन्द्रप्रस्थ भनिने उल्लेख गर्दै अहिले दिल्लीको इन्द्रप्रस्थलाई सोही समयसँग दाँजेका हुन् ।
त्यसपछि सन् ११९२ मा अफगान योध्दा मुहम्मदको सेनाले राजपुत शहर कब्जा गरेपछि दिल्ली सल्तनतको स्थापना गरिएको इतिहास छ । सन् १८०३ मा उक्त शहर ब्रिटिश शासनको अधिनमा पुग्यो । सन् १९११ मा अंग्रेजहरूले आफ्नो राजधानीलाई कलकत्ताबाट दिल्ली सारे ।
सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेपछि, नयाँ दिल्लीलाई नै आधिकारिक रूपमा भारतको राजधानीको रूपमा घोषणा गरिएको हो ।
टिप्पणीहरू