चीन र रुसले चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउने
चीनले रुससँग मिलेर चन्द्रमामा रिसर्च सेन्टर निर्माण गर्ने भएको छ । चीनको स्पेस एजेन्सी चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (सीएनएसए)ले सन् २०३५ सम्ममा रिसर्च सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।
अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेका बेला चीनले यस्तो घोषणा गरेको हो । सीएनएसएका अधिकारीहरूले शुक्रबार इन्टरनेसनल लुनर रिसर्च स्टेसन (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरे ।
चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस एजेन्सी नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ । जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ ।
तथापि, नासाको लुनर गेटवेले केवल चन्द्रमाको परिक्रमा गर्नेछ, आईएलआरएसले परिक्रमाका साथै चन्द्रमो सतहमा अन्य खोजीसमेत गर्नेछ ।
ब्लुमबर्ग क्विन्टको रिपोर्ट मुताबिक रुस र चीनको आगामी लक्ष्य चन्द्रमामा अन्य निर्माण गर्नेसमेत रहेको छ । जसमा ऊर्जा, सञ्चार तथा लाइफ सपोर्टिङ सिस्टम सामेल रहेको छ ।
टिप्पणीहरू