काभ्रेमा ई-पासपोर्ट वितरण थालियो

काभ्रेमा ई-पासपोर्ट वितरण थालियो

काभ्रेमा आजबाट ई –पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरिएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय काभ्रेले आजबाट ई –पासपोर्ट वितरण थालेको हो ।

तर, कोरोना महामारीका कारण आउँदो २१ गतेसम्म अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र पासपोर्ट वितरण गरिने छ । त्यसका लागि सेवाग्राहीले घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गर्ने सक्ने छन् ।

भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने बताइएको छ । तर, विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर भने अनिवार्य गरिएको छ ।

टिप्पणीहरू