सार्क राष्ट्रमा कस्तो पाइयो कोरोना संक्रमण ?
विश्वभर फैलिएको कोरोना भाइरस महामारीको प्रभाव दक्षिण एसियाली (सार्क) मुलुकहरुमा दिनानुदिन बढिरहेको छ । दक्षिण एसियाका आठवटै देशमा गरी सोमबार (आज) दिउँसोसम्म चार करोड ६३ लाख ७६ हजार २ सय ७७ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
जसमध्ये ५ लाख ८७ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन् भने चार करोड ३५ लाख ३३ हजार ८ सय २४ जना सफल उपचारपछि घर फर्केका छन् । सार्क मुलुकभर २२ लाख ८५ हजार ९ सय ६७ जना अझै संक्रमित छन् ।
संक्रमितमध्ये चार करोडभन्दा बढी भारतका छन् । त्यहाँ चार करोड तेह्र लाख २ हजार ४४० जना संक्रमणको शिकार बनेका छन् । यो संख्या सार्क राष्ट्रका कूल संक्रमितको करिब ९० प्रतिशत हो । भारत विश्वमा नै धेरै कोरोना संक्रमित मुलुकको दोस्रो स्थानमा रहेको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि सार्कका अन्य राष्ट्रहरुको तुलनामा धेरै छ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या चार लाख ९५ हजार ५० पुगिसकेको छ । त्यहाँ तीन करोड ८९ लाख ७६ हजार १ सय २२ जना निको भएका छन् भने १८ लाख ३१ हजार २ सय ६८ जना सक्रिय संक्रमित छन् ।
संक्रमित संख्याका आधारमा भारतपछि सार्क राष्ट्रमा बढी प्रभावित मुलुक बंगलादेश हो । त्यहाँ १७ लाख ८५ हजार ३३२ जना संक्रमित भेटिएका छन्। जसमध्ये २८ हजार ३६३ जनाले ज्यान गुमाउँदा १५ लाख ६५ हजार ६४५ जना निको भएका छन्। बंगलादेशमा अहिले दुई लाख २२ हजार ३६२ वटा सक्रिय संक्रमित छन्।
कूल संक्रमितका हिसाबले सार्क राष्ट्रमध्ये पाकिस्तानमा तेस्रो नम्बरमा छ । त्यहाँ हालसम्म २९ हजार २ सय ६९ जनाको मृत्यु भएको छ भने १४ लाख २५ हजार ३९ जना संक्रमित भएका छन् । पाकिस्तानमा संक्रमितमध्ये १२ लाख ९१ हजार ७२५ जना उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ४५ रहेको छ ।
संक्रमित संख्याका हिसाबले चौंथो नम्बरमा रहेको नेपालमा हालसम्म नौ लाख ५० हजार ४४१ जना संक्रमित हुँदा ११ हजार ७३५ जनाको मृत्यु भएको छ । नेपालमा आठ लाख ५४ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ८३ हजार ९९९ जना अझै सक्रिय संक्रमित छन् ।
पाँचौं स्थानमा रहेको श्रीलँकामा हालसम्म छ लाख १० हजार १ सय ३ जनामा कोरोना देखिएको छ । त्यस्तै, ५ लाख ७८ हजार ५१ जना संक्रमणमुक्त भएका र १५ हजार ४ सय २० ले ज्यान गुमाएका छन् । श्रीलंकामा १६ हजार ६३२ सक्रिय संक्रमित बाँकी छन् ।
कोरोना संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा अफगानिस्तान, माल्दिभ्स र भूटानमा संक्रमितको संख्या तुल्तान्मक रुपमा न्यून छ । अफगानिस्तानमा हालसम्म ७ हजार ४०८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ६२ हजार १११ पुगेको छ । अफगानिस्तानमा हालसम्म एक लाख ४६ हजार ५४५ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार १५८ रहेको छ ।
यता,माल्दिभ्समा हालसम्म एक लाख ३६ हजार १२६ जनामा संक्रमण पुष्टि हुँदा निकै न्युन संख्यामा संक्रमितको मृत्यु भएको छ । कोरोनाको कारण माल्दिभ्समा जम्मा २७५ जनाले ज्यान गुमाएका छन् भने एक लाख १८ हजार २४९ निको भइसकेका छन् । माल्दिम्भमा जम्मा १७ हजार ६०२ जना सक्रिय संक्रमित छन् ।
विश्व नै कोरोनाको चपेटामा परेको बेला भुटान भने निकै कम प्रभाव देखिएको छ । त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६८५ मात्र छ । भुटानमा संक्रमितमध्ये २ हजार ७८० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ । हाल १ हजार ९०१ सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू