संक्रमणदर घट्दै, मृत्युदर उस्तै
कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित उपत्यकामा भेटिन्छन् । । पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार सात सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक हजार तीन सय ६१ जना संक्रमित थपिएका छन् ।
भक्तपुरमा ९० र ललितपुरमा दुई सय ७१ जना पुष्टि भएका हुन् । गत २४ घण्टामा मुलुकभर पाँच हजार दुई सय ९२ जना संक्रमित भेटिएका छन् । १६ हजार ८८ जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।
यो अवधिमा आठ हजार एक सय ९१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९० दशमलव ५ प्रतिशत रहेको छ ।
मुलुकभर अझै ७९ हजार दुई सय ७२ जना सक्रिय संक्रमित छन् । आज आठ जनाले ज्यान गुमाएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार सात सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक हजार ५९ युवायुवती छन् भने एक सय ४८ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका ७४ जना संक्रमित थपिएका छन् । दुई सय २५ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३२ हजार १७ पुगेको छ । भक्तपुरमा पाँच हजार चार सय ८३ र ललितपुरमा नौ हजार नौ सय सात जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू