‘भ्रष्ट न्यायाधीशलाई डाँडा कटाएर पुग्छ ? जेल पठाउनुपर्ने हैन ?’

‘भ्रष्ट न्यायाधीशलाई डाँडा कटाएर पुग्छ ? जेल पठाउनुपर्ने हैन ?’

आठ जनाको हत्या गरेको,एक जनालाई ज्यान मार्ने उद्योग गरेको र दुई वटा डाँका चोरीका आरोपी नसिम खानविरुध्दको मुद्दामा राम्रै लेनदेन गरेको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका २ नम्बर न्यायाधीशलाई जुम्ला सरुवा गरिएको छ । माघको जाडोमा तराईबाट जुम्लामा सरुवा गरेर मात्रै जवाहरप्रसाद सिंहलाई उन्मुक्ति दिन नहुने आवाज उठेको छ ।

लुम्बिनी प्रदेशभित्र चासोका साथ हेरिएको खानविरुद्धका मुद्दालाई न्यायाधीश सिंहले दिउँसै रात पर्ने गरी उल्टाइदिएका थिए । गत पुस २५ गतेदेखि जिल्ला अदालतको २ नम्बर इजलासमा बहस शुरु भएको उक्त मुद्दा न्यायाधीश सिंहले भोलिपल्ट राति ९ बजे फैसला गरेका हुन् ।

न्यायाधीशको सेटिङ थाहा पाएपछि अघिल्लो दिन बिहानैदेखि अदालत परिसरभित्र र बाहिर फैसला प्रभावित पार्ने र प्रभावित पार्न नदिने समूहको उल्लेख्य उपस्थिति देखिएको थियो । त्यो दिनको परिदृश्यलाई नजिकबाट नियालेका एक जना कानुन व्यवसायीले भने, ‘खुल्लमखुल्ला ज्यानमारालाई जेलबाट निकाल्ने फैसला गरेर राति ५० लाखको थैली बुझेका न्यायाधीशलाई सरुवा गरेर मात्रै पुग्दैन । उनीमाथि न्यायपरिषद्ले छानबिन गर्नुपर्छ । ’

‘पाँच जना न्यायाधीश भएको जिल्ला अदालतमा त उनले दिउँसै रात पारे र सबैको आँखा परेको मुद्दामा नै छाडेनन् भने एक्लै अदालत हाँक्ने भएपछि अबको छ महिने बाँकी जागिरे जीवन झन् स्वर्णिम बनाउने भए,किनभने एक्लो न्यायाधीश भएपछि गोला तानिरहनै परेन,जम्मै मुध्दा एक्लै ग्वाम्म’

२ बालबालिका,४ माओवादी कार्यकर्ता र १ कर्मचारीको हत्या गरेको आरोप लागेका नसिमलाई दुई वर्षअघि प्रहरीको सिआइबीले काठमाडौंमा पक्राउ गरेको थियो । उनै न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अस्ति सरुवा गर्नुभएको हो । उनलाई जुम्ला पठाएर झन् खुदो पल्टेको उच्छ अदालत बुटवलका न्यायाधीशहरुले बताएका छन् ।

‘पाँच जना न्यायाधीश भएको जिल्ला अदालतमा त उनले दिउँसै रात पारे र सबैको आँखा परेको मुद्दामा नै छाडेनन् भने एक्लै अदालत हाँक्ने भएपछि अबको छ महिने बाँकी जागिरे जीवन झन् स्वर्णिम बनाउने भए,किनभने एक्लो न्यायाधीश भएपछि गोला तानिरहनै परेन,जम्मै मुध्दा एक्लै ग्वाम्म’सिंहलाई नजिकबाट चिनेका एक जना सरकारी वकिलको भनाइ हो यो ।

हाकाहाकी पचासौं लाख बुझेर हत्यामुद्दामा आरोपितलाई सफाइ दिएकाले सिंहको गतिविधि थप आलोचित भएको हो । त्यसअघि पनि उनले विभिन्न मुद्दामा शरम नमानी खानपिन गरेको जाहेरवालाहरुले बताएका छन् । सिंहको अत्याचारको बारेमा सरुवा मात्रै नभई न्यायपरिषद्मा समेत उजुर हाल्ने तयारी गरिएको बताइएको छ ।

टिप्पणीहरू