चौंरी गोठमा जाने लेक लागेर बिते

चौंरी गोठमा जाने लेक लागेर बिते

चौंरीको गोठमा जाँदा लेक लागेर पाँचथरमा एक युवकको ज्यान गएको छ । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–५ को टुनिबोटेका ३१ वर्षीय विशाल मगर बितेका हुन् ।

हिजो राति विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको हो ।

उक्त खबर पाएपछि आज बिहान प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी कार्यलयले जनाएको छ । घटनास्थलको प्राङ्बुङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू