जलविद्युतको रोयल्टी रकम प्रदेश र स्थानीय तहलाई

जलविद्युतको रोयल्टी रकम प्रदेश र स्थानीय तहलाई

लमजुङका सात स्थानीय तहले जलविद्युत रोयल्टीवापतको रकम प्राप्त गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ रोयल्टी पाएका हुन् ।

महालेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युत रोयल्टी मस्र्याङ्दी गाउँपालिकाले पाएको जनाएको छ । उक्त गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार एक सय १६ रुपैयाँ ८ पैसा विद्युत रोयल्टी पाएको हो ।

त्यस्तै, सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार आठ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरबजार नगरपालिकाले ३९ लाख २१ हजार एक सय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एक सय ६३ रुपैयाँ ९६ पैसा र व्होलासोंथार गाउँपालिकाले ८ लाख ९ हजार चार सय २२ रुपैयाँ ११ पैसा रोयल्टी पाएको छ ।

राइनास नगरपालिकाले पाँच लाख ६३ हजार आठ सय ७२ रुपैयाँ २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार पाँच सय ४३ रुपैयाँ ११ पैसा पाएको छ ।

देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीवापत ७० करोड ६७ लाख १७ हजार रुपैयाँ पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले एकमुष्ठ २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ ।

टिप्पणीहरू