विदेश जाँदा चुरोट, सुर्ती र गुट्खा लैजान नपाइने
नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सचेत गराएको छ । हिमालय एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय कार्यालयले सो सूचना जारी गर्दै सबैलाई सचेत गराएको हो ।
वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो ।
सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्वारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजान आग्रह गरिएको छ ।
टिप्पणीहरू