चुनाव माग्दै एमालेले प्रधानमन्त्रीको पुत्ला जलायो

चुनाव माग्दै एमालेले प्रधानमन्त्रीको पुत्ला जलायो

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस अगाडि आज दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा अनेरास्ववियूका कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् । उनीहरुले ’स्थानीय तहको निर्वाचनको मिति घोषणा गर’, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर’, जस्ता नाराबाजी गरेका थिए ।

प्रदर्शनकारी एमाले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

टिप्पणीहरू