अर्थमन्त्रीका पिएलाई बिशेष नियुक्ति
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई चार वर्षको लागि नियुक्त गरेको छ ।
यसअघिका सीईओ चन्द्रसिंह साउद सेयर किनबेच काण्डमा परेपछि राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयर पदको दुरुपयोग गरेर किनेको रहस्य बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।
नेप्सेको सीईओ नियुक्तिको विज्ञापनमा ११ जनाले आवेदन गरेका थिए । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको तीन सातापछि सरकारले कार्कीलाई नियुक्त गरेको हो ।
को हुन् कार्की ?
यिनी नेपाल सरकारका पूर्वकर्मचारी हुन् । उपसचिव हुँदा यातायात व्यवस्था कार्यालय,वीरगञ्जमा थिए । त्यहाँ हुँदा लाइसेन्स वितरणमा निकै विवादमा आए ।
अहिले बूढीगण्डकी जलविद्युत परियोजनाको प्रोजेक्ट संयोजक भएर मुआब्जा वितरणमा सक्रिय हुँदै आएका छन् । बाँदर लड्ने भीरको मुआब्जामा खेलोफड्को गरेको आरोपसमेत लाग्दै आएको छ ।
“कार्कीलाई नियुक्त गरिँदा केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी फालिएका छन् । श्रेष्ठ मकवानपुर क्याम्पस टप गरेका विद्यार्थी हुन् । उनी अहिले पनि पुँजी बजारबारे अध्यापन गराउँछन् । “
उनको सबैभन्दा ठूलो योग्यता र क्षमता भनेको अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुनु हो । शर्मा यसअघि जलस्रोतमन्त्री हुँदा कार्की स्वकीय सचिव थिए । सेयर बजारमा कार्कीको थप योग्यताका रूपमा उनले सेयर किनबेचको आन्द्राभुँडी जानेको भनेर चर्चा चलाइएको छ ।
कार्कीलाई नियुक्त गरिँदा केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी फालिएका छन् । श्रेष्ठ मकवानपुर क्याम्पस टप गरेका विद्यार्थी हुन् । उनी अहिले पनि पुँजी बजारबारे अध्यापन गराउँछन् । श्रेष्ठ पुँजी बजारका राम्रा ज्ञातामध्येका एक भएको उनका एकजना सहपाठीले बताए ।
टिप्पणीहरू