बिजुली पुगेपछि गाउँले हर्षित
उदयपुर त्रियुगा नगरपालिका– ७ स्थित धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली पुगेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै स्थानीय ७२ घर परिवारमा बिजुली पुगेको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले विद्युतीकरणको उद्घाटन गर्नुभएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा बिजुली बिस्तार भएको बताइएको छ ।
परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका–७ का सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कम्प्युटर हस्तान्तरण गर्नु भएको छ ।
टिप्पणीहरू