सिकेको आन्दोलन बिथोलियो

सिकेको आन्दोलन बिथोलियो

सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बेमौसमी वर्षाका कारण आन्दोलन स्थगित गरेको हो ।

हिजो रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिका केन्द्रित गर्ने निर्णय गरेको पार्टी महासचिव श्रीचन्दन सिंहले जानकारी दिएका छन् ।

मौसमको प्रतिकूलतामा यात्रुको बिचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने पार्टीले निर्णय गरेको छ ।

टिप्पणीहरू