प्रधानसेनापतिद्वारा कालीबहादुर गणको निरीक्षण
प्रधानसेनापति प्रभुराम शर्माले चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार भ्रमणका क्रममा प्रधानसेनापति शर्माले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । साथै उहाँले व्यारेक हाता निरीक्षण गर्दै सकलदर्जाहरुलाई सम्बोधन पनि गर्नुभएको थियो ।
टिप्पणीहरू