आज १६ जनाको निधन, दुई हजार बढी संक्रमित
गत २४ घण्टामा मुलुकभर दुई हजार पाँच सय २६ जना कोरोना संक्रमित भेटिएका छन् । ११ हजार ७३ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो ।
यो अवधिमा आठ हजार चार सय २५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९२ दशमलव ९ प्रतिशत रहेको छ । मुलुकभर अझै ५६ हजार चार सय ५७ जना सक्रिय संक्रमित छन् । आज १६ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४ पुगेको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि सबैभन्दा धेरै संक्रमित उपत्यकामा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा सात सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा पाँच सय ७० जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५५ र ललितपुरमा एक सय २० जना पुष्टि भएका हुन् ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार तीन पुगेको छ । भक्तपुरमा तीन हजार आठ सय २९ र ललितपुरमा नौ हजार तीन सय ५१ जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू