महामारीमा गाउँपालिका अध्यक्षको भोज

महामारीमा गाउँपालिका अध्यक्षको भोज

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिको अवसर भन्दै सयौैंलाई भोज खुवाएका छन् ।

उनले पाँचवटा सभा भोजमा सयौँलाई सहभागी गराएका हुन् । ती भोजमा २५ गाउँका मानिस सहभागी भएका हुन् । अध्यक्ष यादवको आमाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

टिप्पणीहरू