मालाले नछुट्टिएका राजनीतिज्ञ र प्रशासक
नेपालको सन्दर्भमा पछिल्ला दिनमा गलाभरि माला लगाउँदै हिँडेको देख्ने बित्तिक्कै सबैले लख काट्छन् ‘राजनीतिज्ञ’ भनेर । निर्वाचनमा विजयी बनेदेखि मन्त्रीमा नियुक्त भएको बेलामा गलाभरि माला र खादा लगाउने चलन छ ।
अहिले त्यस्ता राजनीतिज्ञलाई पनि माथ दिने काम प्रशासकहरुले गर्न थालेका छन् । नयाँ नियुक्ति वा बढुवा हुँदा खुशीयालीमा एक दुई थान माला लगाइदिनु वा लगाउन चाहनुलाई अन्यथा मानिँदैन । तर, राजनीतिज्ञभन्दा धेरै माला भिरेको देखियो भन्ने के भन्ने ?
सामान्य प्रशासनिक नियमानुसार बढुवास्वरुप मगानिर्देशकमा नियुक्त अधिकारीलाई प्राधिकरणका कर्मचारीले चाकडीको हद देखाउँदै मालाको भारी लगाइदिएका त्यहिँका एकथरी कर्मचारीले बताएका छन् ।
टिप्पणीहरू