ठूलाबडाका जिल्ला,सडक हेरेर सर्वसाधारण जिल्ल

ठूलाबडाका जिल्ला,सडक हेरेर सर्वसाधारण जिल्ल

एउटै जिल्लाबाट मुलुकका ठूला ओहोदामा पुगेकाहरुले सडकमा ध्यान नदिँदा सर्वसाधारणले दुःख पाएका छन् । अहिले रोल्पाका सर्वसाधारणलाई त्यस्तै चपेटा आइलागेको छ ।

माओवादी किल्लाको रुपमा परिचित रोल्पाको सडक दुरावस्थालाई लिएर सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको छ । त्यही जिल्लाबाट पछिल्लो समय माओवादीका ठूला नेताहरुले विभिन्न जिम्मेवारी वहन गरिसकेका छन् ।

कतिपयले स्थानीय तहको नेतृत्व गरेका छन् । कोही लुम्बिनी प्रदेशको ठूलै जिम्मेवारीमा छन् । उपराष्ट्रपति नन्दबहादुर पुन,पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुन र प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सबै सोही जिल्लाका हुन् । तर,सडकको अवस्था नाजुक भएपछि सर्वसाधारणले खिसिट्युरी गरेका छन् ।

टिप्पणीहरू