भारतीय सेनामा अधिकृतको संख्या घट्यो
भारतीय सेनाको तीन वटै सेवामा अधिकृतहरुको संख्या दरबन्दीभन्दा निकै घटेको छ । पछिल्लो विवरणअनुसार तीन वटै सेवामा झण्डै १० हजार जना अधिकृतको दरबन्दी खाली भएको हो ।
रक्षा राज्यमन्त्री अजय भट्टका अनुसार स्थल सेनामा सबैभन्दा धेरै अधिकृतको दरबन्दी कम भएको छ । सन् २०२१ को अन्तसम्म स्थलसेनामा ७ हजार ७ सय ९१ जना अधिकृत अपुग छन् ।
त्यसैगरी जलसेनामा १५ सय ५७ जना र वायुसेनामा ५ सय ७२ जनाको दरबन्दी रिक्त छ । तर, भारतीय सेनामा किन यति धेरै सैनिक अधिकृतको दरबन्दी रिक्त भयो भन्नेबारे कसैले पनि खुलाएका छैनन् ।
टिप्पणीहरू