पैसा भनेपछि त्यता पनि महादेवको तीन नेत्र
पैसाको अघिल्तिर सत्यलाई टिकाउन निकै गाह्रो हुन्छ । सत्य र निष्ठाको कुरा गर्ने कतिपय मानिस सामुन्ने पैसा देखेपछि ती सबै कुरालाई भुल्छन् । त्यस्तै सन्दर्भ बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले एक जना ट्याक्सी चालकसँग भोगेका थिए ।
चर्चिलले आफूले भोगेको एउटा उदाहरण सुनाउँदै मान्छेले पैसालाई कति ठूलो मान्दा रहेछन् भन्ने यथार्थ बताएका हुन् । चर्चिल बेलायतमा दुई पटक प्रधानमन्त्री बनेका थिए पहिलो पटक सन् १९४० देखि १९४५ सम्म र पछि सन् १९५१ देखि सन् १९५५ सम्म । पहिलो पटकको प्रधानमन्त्रीकालमा उनले दोस्रो विश्वयुध्द व्यहोरे ।
उनै चर्चिलले एक पटक लण्डनस्थित बीबीसीको मुख्यालयमा अन्तर्वार्ताका लागि ट्याक्सी लिएर जाँदा आफू छक्क परेको सन्दर्भ उल्लेख गरेका हुन् । बीबीसीको मुख्यालय पुगेर ओर्लने बेला उनले नफर्किंदासम्म ट्याक्सी चालकलाई ४० मीनेटसम्म पर्खन भने ।
‘हामीले पैसाको निम्ति कसरी आफ्ना सिध्दान्तलाई लाजै नमानी फेर्छौं ? पैसाकै लोभमा विश्वका धेरै राष्ट्र बेचिएका छन्,परिवारहरू विभाजित छन्,पैसाको कारण घनिष्ठ मित्रहरु सजिलैसँग अलग हुने गरेका छन्,त्यहि पैसाको निहुँमा मानिसहरू मारिएका छन् र मानिसलाई पैसाको निम्ति मानिसले नै दास बनाइरहेको छ ।’
तर चालकले उनलाई चर्चिल भनेर चिनेका थिएनन् । उनले माफी माग्दै भने,‘आफू चर्चिलको अन्तर्वार्ता सुन्न घर जानुपर्ने भएकाले यहाँ अडिन सक्दिँन ।’ जबकि उनै चर्चिल त्यही अन्तर्वार्ताको लागि बीबीसी छिर्दै थिए ।
ट्याक्सी चालकको कुरा सुनेर छक्क परेका चर्चिलले आफ्नो परिचय नखोली खल्तिबाट १० पाउण्ड निकालेर दिए । उनलाई लाग्यो कि चर्चिलको अन्तर्वार्ता सुन्न सर्वसाधारण कति व्यग्र रहेछन् !
१० पाउण्ड पाएको चालकले खुशी हुँदै भने, ‘म तपाईं यहाँ नआउन्जेल घन्टौं पर्खनेछु सर ।’ एक छिनअघि ट्याक्सी चालकले भनेको सन्दर्भ र १० पाउण्ड हातमा परेपछि दिएको प्रतिक्रियाले चर्चिल अलमल्लमा पर्दै निर्धारित समयमा बीबीसीको स्टुडियोभित्र छिरे ।
त्यहि सन्दर्भ जोड्दै बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलले भनेका छन्, ‘हामीले पैसाको निम्ति कसरी आफ्ना सिध्दान्तलाई लाजै नमानी फेर्छौं ? पैसाको निम्ति विश्वमा धेरै राष्ट्रहरू बेचिएका छन्,परिवारहरू पैसाको निम्ति विभाजित छन्, पैसाको कारण घनिष्ठ मित्रहरु सजिलैसँग अलग हुने गरेका छन्, त्यहि पैसाको निहुँमा मानिसहरू मारिएका छन् र मानिसलाई पैसाको निम्ति मानिसले नै दास बनाइरहेको छ ।’
टिप्पणीहरू