राहतमा गएको हेलिकप्टर फर्कियो

राहतमा गएको हेलिकप्टर फर्कियो

तातोपानी गाउँपालिका ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टरमार्फत् राहत वितरणको व्यवस्था मिलाएको हो ।

हेलिकप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी ८ का सुरतबहादुर शाहीले बताए ।

गत बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी ८ का ३४ जना हिउँमा फसेका थिए । बाक्लो हिउँ जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

यसअघि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएका छन् । सबै सकुशल रहेको अनुमान छ ।’

तातोपानी गाउँपालिका ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टरमार्फत् राहत वितरणको व्यवस्था मिलाएको हो ।

हेलिकप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी ८ का सुरतबहादुर शाहीले बताए ।

गत बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी ८ का ३४ जना हिउँमा फसेका थिए । बाक्लो हिउँ जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

टिप्पणीहरू