संसद बैठकको दिन विप्लवहरु पश्चिम कुनामा जुट्ने

संसद बैठकको दिन विप्लवहरु पश्चिम कुनामा जुट्ने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै देशव्यापी आन्दोलन गरिरहेको २२ दलीय मोर्चाले पर्सि २६ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ । प्रतिनिधिसभाको बैठक बोलाइएको दिन पारेर मोर्चाले बिआईसीसी अगाडि सभा गर्न लागेको हो ।

मोर्चाले पर्सि साढे १२ बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई विरोध र्यालीसहित बानेश्वरस्थित संसद भवन अगाडि विरोध सभा गर्ने जानकारी दिएको छ । सोही दिन एमसीसी सम्झौता टेबल गर्ने तयारीका साथ सरकारले संसद बैठक बोलाएको छ ।

२२ दलीय मोर्चामा विप्लव नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत संसद बाहिर रहेका वामपन्थी शक्तिहरु सहभागी छन् ।

टिप्पणीहरू