गाँजा र अफिम फाँड्न ३ दिन लाग्यो
मकवानपुरमा अवैधरुपमा खेती गरिएको गाँजा तथा अफिम नष्ट गरिएको छ । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अवैध रुपमा लगाइएको गाँजा तथा अफिम तीन दिन लगाएर प्रहरीले नष्ट गरेको हो ।
दुई वटा गाउँपालिकाअन्तर्गतका २९ बिगाहा १० कठ्ठा जग्गामा लगाइएको गाँजा र २१ बिगाहाको अफिम प्रहरीले शुक्रबारदेखि आइतबारसम्म फडानी गरेको बताइएको छ ।
उक्त फडानी लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, सशस्त्र प्रहरी गण रातमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले फडानी गरी नष्ट गरेको हो ।
साथै, प्रहरीले सुकाई राखेको २ सय किलो गाँजा समेत नष्ट गरेको छ ।
टिप्पणीहरू