बिप्लवद्वारा एमसीसीको विरोध र जनआन्दोलन सङ्गसङ्गै

बिप्लवद्वारा एमसीसीको विरोध र जनआन्दोलन सङ्गसङ्गै

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन हुन लागेको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुन थालेका छन् । जसअन्तर्गत हिजो ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले जनआन्दोलन थाल्ने निर्णय गरेका हुन् ।

उनीहरुले एमसिसी सम्झौताविरुद्ध देशव्यापी विरोध गर्ने भन्दै कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । जसअनुसार पहिलो दिन आज देशैभर संयुक्त कोणसभा गरिने भएको छ ।

भोलि बुधबार मध्यान्ह १२ बजे उपत्यकाको माइतीघरबाट जुलुससहित र्याली निकालेर संसद भवन अगाडि विरोध गरिने छ । देशभरका सबै जिल्ला सदरमुकाममा विरोधका कार्यक्रम पनि सँगै सञ्चालन गरिने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको कार्यालय बुद्धनगरमा बसेको बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवसहित नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण,नेकपाका निश्कासित अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुती, माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सुशील, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीको उपस्थिति थियो ।

टिप्पणीहरू