फिदिममा च्याब्रुङ प्रशिक्षण

फिदिममा च्याब्रुङ प्रशिक्षण

पाँचथर जिल्लाको सदरमुकाम फिदिममा च्याब्रुङ (केःलाङ्) नाच प्रशिक्षण थालिएको छ । आदिवासी जनजाति भवनमा लिम्बु जातिको साँस्कृतिक नाच केःलाङ् (च्याबु्रङ) नाच प्रशिक्षण सुरु भएको हो ।

फिदिम नगरपालिका वार्ड नम्बर ४ को आर्थिक सहयोगमा भइरहेको प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीको सहभागिता छ । प्रशिक्षणको सहजीकरण केःलाङ साँस्कृतिक समाज पाँचथरका जोनहाङ केरुङ, दिनेश केरुङ र रिम्पल केरुङले गरिरहेका छन् ।

लिम्बु जातिको साँस्कृतिक नाच केःलाङ् (साँस्कृतिक नाच) को संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको केःलाङ् साँस्कृतिक समाज पाँचथरका कोषाध्यक्ष सुरेन्द्र केरुङले बताए । च्याब्रुङ लिम्बु जातिको आदिम बाजा हो ।

टिप्पणीहरू