पत्रकार ढुण्डीराज बने लुम्बिनीको कोषाध्यक्ष

पत्रकार ढुण्डीराज बने लुम्बिनीको कोषाध्यक्ष

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) चयन भएका छन् । हिजो बसेको क्याविनेट बैठकले भट्टराईलाई कोषको कोषाध्यक्ष नियुक्त गरेको हो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्जसमेत रहेका उनको कार्यकाल ५ वर्षको हुनेछ ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । उनी दुई दशकदेखि पत्रकारिता पनि गरिरहेका छन् ।

टिप्पणीहरू