कर्णालीमा कर्मचारी मागियो
कर्णाली प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चाैथाे तहका लागि ३ सय ७३ जना कर्मचारी मागेको छ । आयोगले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो ।
सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएकाे हाे । सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १ सय ६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १ सय ४० पद छ । खुला, महिला, दलित, आदिवासी जनजाती र मधेसी काेटामा सिट छुट्याइएकाे छ ।
याेग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने आयोगको सूचनामा उल्लेख छ । अप्राविधिककाे प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासकाे ५ जेठमा परीक्षा हुनेछ ।
टिप्पणीहरू