विप्लवको सिङ्गै जिल्ला कमिटी माओवादीमा मिसियो (नामसहित)

विप्लवको सिङ्गै जिल्ला कमिटी माओवादीमा मिसियो (नामसहित)

स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ ।

जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराउनुभएको हो । सो क्रममा प्रचण्डले १० बर्से जनयुद्धका उपलब्धिहरूको रक्षा गर्न क्रान्तिमा होमिएका सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको बताउनु भयो ।

‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ’, अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘जनतासँग जोडिएर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं ।’

पार्टीको जिल्ला कमिटी नै माओवादीमा विलय गराएका नेताहरूको जिम्मेवारी तोकिन बाँकी छ । यो सँगै जुम्लामा माओवादी केन्द्रले बलियो स्थिति बनाएको छ ।

 

टिप्पणीहरू