हेटौंडा सिमेन्टलाई महाप्रबन्धक चाहियो
सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उम्मेद्वारसँग दरखास्त माग गरेको हाे । ३५ वर्ष उमेर पुगेर ६५ वर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन् ।
कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव पनि खोजिएको छ ।
टिप्पणीहरू