राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी आन्दोलित, प्रवक्ता बेखबर
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका कर्मचारीले आन्दोलन गरेपछि अहिले आकस्मिक छलफल बोलाइएको छ । कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेपछि बोर्डको सभाहलमा आन्तरिक छलफल थालिएको हो ।
बोर्डको कर्मचारी संघ अध्यक्ष नरेन्द्रप्रसाद ढकाल नेतृत्वमा भएको आन्दोलनले सम्पूर्ण सेवा बन्द गरेको हो । बोर्डका तीन दर्जन कर्मचारीको उपस्थितिमा सम्पूर्ण फाँटको सेवा ठप्प भएको छ ।
यता, बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले आफूलाई सोबारे केही थाहा नभएको बताएका छन् । बोर्डका अर्का एक जना अधिकृतले केही बेरअघि आन्दोलन भए पनि हाल सबै सेवा सुचारु भइसकेको जनाएका छन् ।
टिप्पणीहरू