किन जान्छ जापानमा बारम्बार भुकम्प ?
भुकम्पीय जोखिमको दृष्टिकोणले जापान विश्वमा अत्यधिक जोखिम राष्ट्रमा पर्छ । त्यहाँ वर्षेनी ठूला तथा साना गरी कैयौं भूकम्प जाने गरेका छन् । जापानमा किन लगातार भुईंचालो जान्छ भन्ने सम्बन्धमा त्यहाँका वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् ।
बारम्बार भुकम्प जानुमा वैज्ञानिकहरुले त्यहाँको जमिनमुनि पहाड आकारका चट्टानका अजङ्गका थुप्रो हुनसक्ने बताएका छन् । उनीहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचनासमेत फेला पारेका छन् । ठूला भूकम्पबाट आउने टेक्टोनिक ऊर्जा यस वरपरका विभिन्न विन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको दाबी छ ।
‘कहिले, कहाँ र कसरी ठूला भुकम्प जान्छन् भनेर ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन । तर, हाम्रो अध्ययनलाई मोनिटरिङ डाटासँग मिलाउँदा हामी निकट भविश्यका भुईंचालोका प्रक्रियाहरुको सहज अनुमान गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भौतिकविद शुइची कोदाइराले उल्लेख गरे । उनको भनाइलाई अमेरिकाको युनिभर्सिटी अफ टेक्सासले उद्धृत गरेको छ ।
कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरुले २० वर्षदेखिको भूकम्पीय तथ्याङ्क जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरु समावेश गरिएको थियो ।
टिप्पणीहरू