निर्वाचनको मिति घोषणा नहुँदै अवरोध गर्ने चेतावनी

निर्वाचनको मिति घोषणा नहुँदै अवरोध गर्ने चेतावनी

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए आगामी स्थानीय निर्वाचनमा अवरोध गर्ने चतावनी दिएका छन् । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त चेतावनी दिएका हुन् ।

राउतले किसानहरुको समस्या समाधान गरेर मात्र निर्वाचनमा जान सरकारसँग आग्रह गरेका छन् । ‘किसानको माग पूरा नभए मधेशमा झापादेखि कञ्चनपुरसम्मको स्थानीय निर्वाचनमा अवरोध गरिनेछ,’ उनले भनेका छन् ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेशमा झापादेखि कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’

लामो समयदेखि किसानहरु आन्दोलित भए पनि सरकार समस्या समाधानको निम्ति गम्भीर नदेखिएको उनको आरोप छ । उनले अहिलेका राजनीतिक दलहरु किसानको समस्या समाधानमा असफल भएको पनि बताएका छन् ।

टिप्पणीहरू