कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । आज एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।

विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २ सय ७० जना निको भएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १ सय ८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १ सय ९३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । त्यहाँ हालसम्म ४ करोड २४ लाख १० हजार ९ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । अमेरिकामा ९ लाख ३२ हजार ४ सय ४३ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

टिप्पणीहरू