एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आज माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि विभिन्न आठ वटा पार्टीले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चालगायत पार्टीले एमसीसी तत्काल खारेज हुनु पर्ने माग गरेका छन् ।
टिप्पणीहरू