२ दर्जन बढीको नाम उपसचिवको लागि सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले ३० जनाको नाम उपसचिवको लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिको सिफारिसमा पर्नेहरुमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा, इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन् ।
त्यस्तै, खड्गबहादुर श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा परेका छन् ।
साथै, राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, वन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि सूचीमा छन् ।
टिप्पणीहरू