फलेबास नगरपालिकाका मेयरले माफी मागे

फलेबास नगरपालिकाका मेयरले माफी मागे

पर्वतको फलेबास नगरपालिकाले हिजो दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ । नगरपालिकाको १० औं नगरसभा सम्पन्न भएको भन्दै दिएको बिदा फिर्ता लिएको हो ।

हिजो मात्र नगरसभा सम्पन्न भएको भन्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक संघसंस्था बन्द गर्ने निर्णय गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठद्वारा सार्वजनिक विज्ञप्तिमा आजका लागि बिदा दिइएको थियो । तर, आज बिदा फिर्ता लिइएको नगरपालिकाका मेयर पदमपाणि शर्माले बताएका छन् ।

मेयर शर्माले हिजो सार्वजनिक गरिएको विज्ञप्ति गलत भएको बताए । ‘गल्तिले गर्दा उक्त विज्ञप्ति सार्वजनिक भएको हो । विज्ञप्तिलाई आज बिहान १० बजेभन्दा अगाडि नै सच्चाएका छौं,’ उनले भने ‘हाल सबै क्षेत्र खुल्ला छन् । विद्यालय भने कोरोना महामारीका कारण बन्द छन् ।’
हिजो नगरपालिकाका अत्यावश्यक सेवा बन्द नहुनेगरि अन्य सेवा बन्द गरेर नगरसभाको व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई बिदा दिन भनिएकोमा गृहमन्त्रालयको जस्तो सूचना जारी गर्न खोजेपछि गडबड भएको मेयरले जनआस्थासँगको कुराकानीमा बताए ।

टिप्पणीहरू