गठवन्धनमा विमतिभित्र सहमतिको खोजी भइरहेको छ –
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतिको खोजी भइरहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना बढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठवन्धन वाम लोकतान्त्रिक गठवन्धन भएकोले कतिपय वैचारिक विमतिका बावजुद सहमतिको खोजी हुनेगरेको बताउनु भयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले देश अब चुनावमा होमिएकोले सबै कार्यकर्तालाई चुनावको तयारीसहित पार्टी र संगठन निर्माणका काममा लाग्न निर्देशनसमेत गर्नुभयो ।
नेता नेपालले भुत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै पार्टीसंग नेपाली नागरिकहरुले धेरै ठूलो अपेक्षा गरेको भन्दै वर्तमान वामपन्थी लोकतान्त्रिक शक्तिसंग स्थानीय मात्र होइन प्रदेश र संघको निर्वाचनसम्मै मिलेर जाने भन्दै यो गठवन्धन संविधानको रक्षा,संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता,समावेशिताको पक्षको भएको भन्दै दक्षिणपन्थीको विरुध्द एकजुट भएर जाने विचार व्यक्त गर्नुभयो ।
नेता नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै राख्ने कुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको बताउनु भएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतान्त्रिक मान्यता बोकेको कांग्रेसभित्र केही मतभिन्नता भएपछि मूल नेतृत्व गठबन्धनसँग सकारात्मक रहेको बताउनु भएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका ५० जनालाई नेता नेपालले खादा र अबिर लगाएर स्वागत गर्नुभएको थियो । अध्यक्ष नेपालले नवप्रवेशीहरुलाई बधाई दिँदै जनताको विश्वास जितेर र समर्थन प्राप्त गर्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।
पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी बाटोवाट विचलित भएको एमाले परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनु भयो । नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने भन्दै आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताउनु भयो ।
टिप्पणीहरू